काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक सेयरधनी किशन जङ्ग राणाको नाममा रहेको ३ हजार ९३३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
फाइनान्सले बिक्री गर्न लागेको उक्त सेयरको बिक्री मूल्य बिक्रेता र इच्छुक क्रेताबीचको आपसी सहमतिमा तय हुनेछ ।
फाइनान्सले बिक्री गर्न लागेको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने फाइनान्सले जनाएको छ ।