काठमाडौं । बुधबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते अन्तिम दिन हो ।
कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोलि चैत ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा चैत २३ गते रजिष्टार्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत बोलाएको छ ।