१५ अंकले घट्यो सेयर बजार, एक अर्ब ३३ करोडको कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ । आज माया खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ । प्रति सेयर २६.५० रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयर मूल्य २९२ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार बुधबार ३७ लाख कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ ।

आज माया खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ । प्रति सेयर २६.५० रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयर मूल्य २९२ रुपैयाँ कायम भएको छ ।

नेप्सेको अनुसार बुधबार ३७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार सबैभन्दा बढी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् । आज इन्स्योरेन्सका सेयरधनीले ९ करोड १९ लाख रुपैयाँको कारोबार गरेका छन् ।

यस्तै, आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा बोटलर्स नेपाल तराई रहेको छ । कम्पनीको सेयरधनीले प्रति सेयर ९६८ रुपैयाँ गुमाएका छन् । कम्पनीको अन्तिम सेयर मूल्य ११ हजार ७३२ रुपैयाँ कायम भएको छ ।

Share News