असोज मसान्तसम्ममा ४१ अर्व राजस्व संकलन, लक्ष्य भन्दा १०३ प्रतिशत बढी

<p>काठमाडौं, ९ कात्तिक । आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेकोमा ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेकोमा ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम संकलनमा लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ ।

rasajwo_ashar

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ ९ अर्व २२ करोड ४३ हजार रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०२ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत र मूल्य अभिवृद्धि कर वृद्धिदर १२३ प्रतिशत रहेको छ । त्यस्तै, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।

Share News