एनएमबी बैंकले २० प्रतिशत लाभांश दिने, पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने

<p>काठमाडौं, ९ कात्तिक । एनएमबी बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको ३२२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । एनएमबी बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
nmb_bank_bonus
उक्त निर्णय सोमबार बसेको ३२२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रत्तिकित्ता सेयर करिब ७७४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News