बजारमा सुन अभाव, माग बढेको भन्दै तोलामा पाँच सय बढी लिन्छन व्यवसायी

<p>काठमाडौं १०, कात्तिक । तिहार र बिहेको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाडबाडकै अवसरमा सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको हो । सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो । तर, हाल माग २५ किलो नाघेको व्यवसायीहरू बताउँछन् । माग हातै बढेपछि केही व्यवसायीहरूले तोलामा थप ५ [&hellip;]</p>

काठमाडौं १०, कात्तिक । तिहार र बिहेको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाडबाडकै अवसरमा सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको हो ।

सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो । तर, हाल माग २५ किलो नाघेको व्यवसायीहरू बताउँछन् । माग हातै बढेपछि केही व्यवसायीहरूले तोलामा थप ५ सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘तिहार सुरु हुन तीनरचार दिन मात्रै बाँकी रहेकाले गहना खरिद गर्न आउने ग्राहकको संख्या निकै बढेको छ । जसले गर्दा दैनिक माग २५ किलो नाघेको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘उपभोक्ताको मागअनुसार उपलब्ध गराउन नसक्दा कालोबजारी बढ्दै गयो । केही व्यवसायीले तोलामै ५ सय रुपैयाँ बढीमा बिक्री गरेका छन् ।’gold2

व्यवसायीका अनुसार बजारमा गहनाभन्दा टुक्रा सुनको माग बढी छ । शाक्यका अनुसार माग ह्वात्तै बढेपछि अवैध तरिकाबाट समेत सुन बजारमा भित्रिएको छ । ‘सुन तस्करी हुने मुख्य नाका तातोपानी बन्द भए पनि खुला सिमानाका कारण अन्य नाकाबाट सुन भित्रिरहेको छ,’ पूर्वअध्यक्ष शाक्यले भने । महासंघका अनुसार बजार मागअनुसार राष्ट्र बैंकले कोटा वृद्धि नगरेकाले अभाव भएको छ ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । उनीहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स ९यूएई०, हङकङ, स्विटजरल्यान्डलगायतका मुलुकबाट आयात गर्दै आएका छन् ।

आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् ।

सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको १५ किलो मात्रै किन्न पाउँछन् । चाडबाड र सिजनमा भने कोटा बढाएर २० पुर्‍याउँदै आएको छ । तर, यसपालि कोटा वृद्धि नगरेकाले बजारमा अभाव देखिएको महासंघका अध्यक्ष मणिज्यरत्न शाक्यले बताए ।

‘बजारको माग धान्नै गाह्रो छ । बैंककमा सुन किन्ने व्यवसायीको अवस्था हारालुछ छ,’ अध्यक्ष शाक्यले भने, ‘सिजन भए पनि सुनको दैनिक कोटा वृद्धि नहुँदा बजारमा अभाव देखियो ।’ उनका अनुसार तीजअघि सुनको दैनिक माग १० किलो थियो । त्यसपछि वृद्धि भएर दैनिक १८ किलो पुगेको थियो । दसैंको दुईरतीन दिनअघि पुनस् बढेर २५ किलो पुगेको थियो । त्यसलगत्तै माग फेरि घटेको थियो । कात्तिक दोस्रो साताबाट भने माग पुनस् बढेको हो ।

Gold bars

Gold bars

महासंघका अनुसार साउन १ देखि भन्सारले ५० ग्रामसम्म ल्याउन पाउने नियममा बन्देज लगाएकाले पनि असर परेको जनाएको छ । अध्यक्ष शाक्यका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीले ल्याएको सुनले एक तिहाइ पूर्ति हुन्थ्यो । तर, ५० ग्राम सुन आयात गर्न पाउँदैनन् । जसले गर्दा थप अभाव भएको हो ।

व्यवसायीका अनुसार दसैंयता सुनको भाउ घट्दै गएको छ । घटस्थापनायता सुनको भाउ तोलामै १८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपालमा पनि घटेको हो । तिहारको मुखमा सुनको भाउ घटेपछि सर्वसाधरणलाई केही राहत भएको छ । मूल्य घटेपछि गहना किन्ने ग्राहकको संख्या दैनिक बढ्दै गएको उनीहरूको भनाइ छ । महासंघका अनुसार उपत्यकाभन्दा जिल्लामा गहनाको कारोबार उल्लेखनीय वृद्धि भएको छ ।

तिहारलगतै बिहेको सिजन भएकाले सुनको माग थप वृद्धि हुने व्यवसायीहरू बताउँछन् । बजार व्यवस्थित गर्न सुनको कोटा तत्काल वृद्धि गर्नुपर्ने महासंघले जनाएको छ । ‘तिहारलगत्तै मंसिर, पुस र माघ बिहेको सिजन हो, सिजनमा गहना किन्ने उपभोक्ताको संख्या स्वाभाविक रूपले बढ्छ,’ अध्यक्ष शाक्यले भने, ‘सुनको कोटा तत्काल वृद्धि नगर्दा बजार अस्तव्यस्त हुन सक्छ । कान्तिपुर दैनिकबाट ।

Share News