कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित, संचालकमा ३ जना निर्विरोध

<p>काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो ।

बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

कृषि विकास बैंकले देशभर रहेको २८० वटा शाखाहरुबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

 

Share News