यूनियन लाइफको सेयर संरचना परिवर्तन, १९ प्रतिशत सर्वसाधारण समूहमा थपियो

<p>काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ प्रतिशतमा परिणत गरिएको हो । कम्पनीको सस्थापक समूहको १९ प्रतिशत सेयर घटाएर सर्वसाधारण समूहमा थप गरिएको हो । यसअघि कम्पनीको संस्थापक [&hellip;]</p>

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो ।

कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ प्रतिशतमा परिणत गरिएको हो । कम्पनीको सस्थापक समूहको १९ प्रतिशत सेयर घटाएर सर्वसाधारण समूहमा थप गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०:३० प्रतिशत रहेको थियो ।

साथै कम्पनीको माघ २६ गते सम्पन्न पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ ।

सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

Share News