काठमाडौं । विभिन्न २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त र विजय लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन हो ।
यी दुवै लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गतेदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।
कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १३औँ वार्षिक साधारण सभा चैत २९ गते बुद्धचोक पोखरामा बिहान ९ बजे बोलाएको छ ।
यस्तै, विजय लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौँ वार्षिक साधारण सभा चैत २८ गते गैडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बोलाएको छ ।