नेप्सेमा ४ कम्पनीको साढे ६७ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्तको गरी कूल ६७ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्तको गरी कूल ६७ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, अपि पावर कम्पनीको ७.५ प्रतिशत बोनस वापतको २८ लाख ८३ हजार ६८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News