काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको जनाएको छ ।
कम्पनीको माघ २५ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।