लुम्बिनी विकास बैंकको बोनस सेयरधनीको खातामा

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । बैंकको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ ।

बैंकको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Share News