काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेकाे छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ८ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार ५०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार पाँच सय थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।