राष्ट्र बैंकले घटाएर पठायो महुली लघुवित्तको लाभांश

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश घटाएर पठाएको छ । योसँगै महुली लघुवित्तको सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएको छन् । लघुवित्तका सेयरधनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ पाउनेछन् । यसअघि लघुवित्तले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश घटाएर पठाएको छ । योसँगै महुली लघुवित्तको सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएको छन् । लघुवित्तका सेयरधनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ पाउनेछन् ।

यसअघि लघुवित्तले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पछिल्लो समय लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ ।

लघुवित्तको लाभांश वितरण गर्ने बैशाख ९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसको अर्थ चैत २८ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन पाउनुको साथै लाभांश पनि पाउनेछन् ।

 

Share News