काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई महिना यताकै कम कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।
यसअघि दैनिक एक अर्बभन्दा माथि कारोबार हुँदै आएको नेप्सेमा बुधबार भने कारोबार कम भएको हो । नेप्सेमा दुई महिना अघि मंसिर २८ गते ७२ करोठ ७८ लाख ७७ हजारको कारोबार भएको थियो ।
यस्तै, आज नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र कालिन्चोक दर्शन रहेको छ ।
आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरधनीले ३ करोड ५६ लाखको गरेका छन् ।