अहिले होल्ड गरेर राख्नुहोस्, बजारका राम्रा दिन आउँदैछन् : अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएकाले कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका हुन् । उनले बुक बिल्डिङ्ग विधि २ महिनमा सक्ने गरी काम हुँदै गरेको बताए । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका छन् ।

बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएकाले कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका हुन् ।

उनले बुक बिल्डिङ्ग विधि २ महिनमा सक्ने गरी काम हुँदै गरेको बताए । ‘बुक बिल्डिङको विधि खुल्ने बित्तिकै नयाँ नयाँ कम्पनी ल्याउने छौं,’ उनले भने ।

यस्तै, उनले बजारको हितमा काम गर्दा पहिलो पाइलामै ठेस लागे पनि पछि नहट्ने र बोर्डले लगानीकर्ताको संरक्षणको नीति लिएको बताए । ‘सेयर बजारको सुधार गर्ने अझै हुटहुटी छ, त्यसैले म जहिले पनि लगानीकर्ताको पक्षमा छु,’ उनले भने ।

उनले लगानीकर्तालाई बजारको राम्रो दिन आउने बताउँदै हतारमा पोर्टफोलियो नबेच्न सुझाव पनि दिएका छन् । अर्थतन्त्र चापमा परेको कारण बनारमा पनि चाप देखिएकाले केही समय होल्ड गर्न उनको लगानीकर्तालाई सझाव छ ।

‘अहिले सेयर होल्ड गरेर राख्नुहोस्, अहिले नै सबै पोर्टफोलियो बेच्नु हुन्न, बजारका लागि राम्रा दिन आउँदैछन्, धितोपत्र बोर्डले बजारमैत्री नीति नियमहरु ल्याउँदैछ,’ उनले भने ।

त्यस्तै, अध्यक्ष हमालले जतिसुकै राम्रो निति ल्याएपनी विरोध हुने गरेकोमा दुखेसो पोखेका छन् । हरेक काम लागू गर्दा अनुसन्धान गर्नुपर्ने बताउँदै उनले कोहि व्यक्ति आफुसँग बहस गर्ने भए आफु तयार भएको बताए ।

Share News