काठमाडौं । प्राइम कमर्सियल बैंकले दोस्रो बजार मूल्यभन्दा सस्तोमा सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम रहेको सेयर मूल्यभन्दा १५ रुपैयाँ कम गरी संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले ब्यक्तिगत संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । तर, नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ ।
बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् ।
बैंकले चैत २१ गतेदेखि चैत २९ गतेसम्म सेयर बिक्री गर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले सो सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।