काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि घटेर तोलाको १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यद्यपी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।