काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको’ उपहार योजना लिएर आएको छ ।
उपहार योजना अन्तर्गत यो नयाँ वर्ष, सीजी मेरिडियाको प्रडक्टहरु उपलब्ध छ । यस योजनासँगै ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशतसम्मको क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु घर ल्याउन सक्नेछन् ।
यस याेजनामा फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनमा क्यासब्याक लगायत ५ हजार रुपैयाँ र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ । ‘६५ र ७५’ एन्ड्रोइड टिभिमा ७५९० रुपैयाँ बराबरको सीजी २.१ स्पीकर उपहार रहेको छ ।
सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९२० रुपैयाँ बराबरको २ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २५०० रुपैयाँ बराबरको ६ केजीको एरियल म्याटिक उपहार रहेको छ ।
साथै, डबल डोर रेफ्रिजरेटरमा १२६० रुपैयाँ बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २८ सय रुपैयाँ बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सीजी मेरिडिया भ्याकुम उपहार रहेको छ । यो योजना चैत्र १३ देखि सुरु हुनेछ ।