काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले जीवन बीमा अभिकर्तालाई तालिम दिने भएको छ । कम्पनीले देशभरिका विभिन्न ७६ स्थान (शाखा)मा अभिकर्ता तालिन दिने भएको हो ।
बीमा अभिकर्ताको तालिम निर्देशिका २०७२ बमोजिम २०८० बैशाख, जेष्ठ र आषाढ महिनामा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने कम्पनीले जनाएको छ । बीमा ऐन २०४९ अनुसार योग्य व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।
साथै, लाईसेन्स शुल्क ५ सय रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, बुटवल, जनकपुर, धनगढी, महेन्द्रनगर, विर्तामोड, नारायणगढ, लहान, भक्तपुर, दाङ, ललितपुर, दमौली, बागलुङ्ग, डडेल्धुरा, गुल्मी, धरान, गौर, हेटौडा, मलङ्गवा, तौलिहवा, नवलपरासी, टिकापुर, जलेश्वर, वालिङ्ग, सुर्खेत, गोर्खा, राजविराज, चाहविल, बनेपा, बानेश्वर, कलङ्की, इटहरी, इलाम र पाल्पामा तालिम दिइनेछ ।
यस्तै, नुवाकोट, बैतडी, दमक, बर्दीवास, सिन्धुली, भैरहवा, बर्दिया, गाइघाट, निग्राह, कलैया, धादिङ्ग, बेशीशहर, बाह्रविसे, प्युठान, तुल्सिपुर, सल्यान, कोहलपुर, मन्थली, चन्द्रगढी, इनरुवा, कटारी, लालबन्दी, बरहथवा, सिमरा पिपरा, धनुषाधाम, पर्सा, लेकनाथ, कुश्मा, बेनी, कावासोती, बर्दघाट, लमही, कपिलबस्तु, पालुङ, लम्की, किर्तीपुर, सन्धीखर्क र खलङ्गामा तालिम दिइने कम्पनीले जनाएको छ ।