नेशनल लाइफको बोनस दर सार्वजनिक, अधिकतम ८५ रुपैयाँ

<p>काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष अवधि र १५ देखि २० वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर दिने बताएको छ । २१ देखि २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखि २९ वर्ष अवधि र ३० वा सोभन्दा माथि बीमा अवधिको लागि कम्पनीले ८५ रुपैयाँसम्म बोनस दर दिने भएको हो ।

यस्तै, कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष, १० देखि १४ वर्ष, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ । यस्तै, २१ देखि २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखि २९ वर्ष अवधि र ३० वा सो भन्दा माथि अवधिको लागि कम्पनीले ८५ रुपैयाँ बोनस दर दिने भएको हो ।

यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष, १० देखि १४ वर्ष अवधिको लागि ६३ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ । साथै, १५ देखि १९ वर्ष, २० देखि २५ वर्ष, २६ देखि २९ वर्ष र ३० वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ६४ रुपैयाँ बोनस दर तोकेको छ ।

Share News