काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.०५ प्रतिशतले घटी हो ।
घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दिनभर कारोबारमा आएका २६० स्क्रीप्समध्ये बैंकको सबैभन्दा धेरै हो ।
सो दिन २६० स्क्रीप्सको एक अर्ब २० करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । दिनभरमा ३२ हजार ४१४ पटकको कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सेयर कारोबार भएको छ ।
त्यस्तै, टप गेनरको शीर्ष स्थानमा कालिञ्चोक दर्शन रहेको छ । जसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १९.३० रुपैयाँले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ ।
यता टप लुजरको शीर्ष स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.६१ प्रतिशतले घटेर प्रतिकित्ता ८९९.४० रुपैयाँमा झरेको छ ।