काठमाडौं, ११ कात्तिक । सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दक्षिणी छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन्। बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ ।
संविधान संशोधन र राजनीतिक सहमतिबारे पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सो विषय मन्त्रिपरिषद्मा छलफल नभएको बताए ।