काठमाडौं । सोमबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको छ ।
सेयर बजार घट्दा दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सोमबार कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट र ८५ % प्रभु बैंक डिबेन्जचर २०७८ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
कालिन्चोकको प्रति कित्ता सेयर मूल्य २१.३० ले वृद्धि हुँदा प्रभु बैंक डिबेन्जचरको ९०.४० रुपैयाँले घटेको छ ।
यस्तै, आज नेप्सेमा २८ लाख कित्ता सेयर किनबेच हुँदा ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रहेको छ । बैंकको सेयरधनीले सोमबार तीन करोड ६२ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् ।