एनएलजी इन्स्योरेन्सको लाभांश पारित, स्वतन्त्र संचालकमा अधिकारी सर्वसम्मत

<p>काठमाडाैं । एनएलजी इन्स्योरेन्सकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे साेमबार बसेकाे १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएकाे हाे । कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ [&hellip;]</p>

काठमाडाैं । एनएलजी इन्स्योरेन्सकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे साेमबार बसेकाे १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएकाे हाे ।

कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७ं८/७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल गरी पारित गर्ने निर्णय गरेकाे छ ।

यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ ।

सभाले संचालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई २०७९/०२/३१ गते देखि चार (४) वर्षको लागि नियुक्त गर्ने निर्णय पनि पारित गरेकाे छ ।

Share News