काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तले संस्थापक डोलेन्द्र पौडेलको नाममा रहेको २७ लाख १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि.के.को ८ हजार ५०३ कित्ता र लोखनाथ खनियाको ३९ हजार कित्ता गरी कूल ९६ हजार ६८३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।