काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा पुगको छ ।
यसरी बजार घट्दा २८ लाख कित्ता सेयर ९१ करोड रुपैयाँमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । नेप्सेको अनुसार शिवम्ले मंगलबार तीन करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ ।
यस्तै, आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनको सेयर मूल्य आज २३.४० रुपैयाँले बढेको हो ।