गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आज चैत २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १३.२७१२ प्रतिशत अर्थात् २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न बैशाख ६ गते प्रधान कार्यालय तिनकुने काठमाडौंमा बिहान साढे १० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

Share News