सरकारले हेटौंडा कपडा उद्योग चलाउने, सुरक्षा निकायलाई २५% सेयर, कल्याणकारी कोषको खर्च

<p>काठमाडौं, ११ कात्तिक। सरकारले हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ। सेना, प्रहरी, ससस्त्र प्रहरी, निजामति कर्मचारी र सरकारी विद्यालयमा प्रयोग हुने ड्रेस उत्पादन गर्ने लक्ष रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशले बताए। बन्द उद्योगलाई सरकार, नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त लगानी र बरावरी सेयर हुने गरि उद्योग सञ्चालन गरिने जोशीले बताए। तीनवटै सुरक्षा [&hellip;]</p>

काठमाडौं, ११ कात्तिक। सरकारले हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ। सेना, प्रहरी, ससस्त्र प्रहरी, निजामति कर्मचारी र सरकारी विद्यालयमा प्रयोग हुने ड्रेस उत्पादन गर्ने लक्ष रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशले बताए।

industry
बन्द उद्योगलाई सरकार, नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त लगानी र बरावरी सेयर हुने गरि उद्योग सञ्चालन गरिने जोशीले बताए।
तीनवटै सुरक्षा निकाय र निजामती कर्मचारीका लागि  बार्षिक दुई अर्ब रुपैयाँको कपडा आयात हुने गरेको भन्दै २०५७ साल देखि बन्द रहेको उद्योग खोल्ने निर्णय लिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए। यसका लागि १५ दिनभित्र ‘एक्सन प्लान’ तयार भइ सक्ने समेत उनले जानकारी दिए।
बुटवल धागो र वीरगंज चिनी कारखाना नीजि क्षेत्रलाई
सरकारले बुटवल धागो कारखाना भने नीजि क्षेत्रलाई लिजमा सञ्चालन गर्न दिने भएको छ।  चाँडै प्रस्ताव आह्वान गर्ने र प्रतिश्पर्धी मध्ये गुणस्तरमा उत्कृष्ट कम्पनीलाई सञ्चालनको जिम्मा दिने मन्त्री जोशीले जानकारी दिए।
जोशीले वीरगंज चिनी मिल पनि नीजि क्षेत्रलाई सञ्चालनका लागि दिने जानकारी दिए। बुटवल धागो जस्तै खुला प्रतिश्पर्धाका आधारमा यो उद्योग सञ्चालनका लागि दिने उनको भनाइ छ।

Share News