३० हजार कित्ता किन्न पाइने भुगोल इनर्जिको आईपीओ बिक्री खुला

<p>काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका [&hellip;]</p>

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको हुँदा अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Share News