कुमारी क्यापिटलको सुनौलो लगानी योजना खरिद गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिन आज चैत २३ गते अन्तिम दिन रहेको छ । क्यापिटलले चैत ९ गतेदेखि बिक्री खुला गरेको कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने अन्तिम दिन हो । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष [&hellip;]</p>

काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिन आज चैत २३ गते अन्तिम दिन रहेको छ । क्यापिटलले चैत ९ गतेदेखि बिक्री खुला गरेको कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने अन्तिम दिन हो ।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो ।

क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई निष्काशन गरेको हो । साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गरेको हो । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरेको हो ।

क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Share News