काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले प्रस्ताव गरेको हकप्रद सेयर घटाउने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर घटाउने निर्णय गरेको हो ।
नियमन निकायको निर्देशन अनुसार हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
यसअघि फागुन १२ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५० प्रतिशत अर्थात् १ बराबर १.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले गरेको प्रस्ताव नियमनकारी नियकाहरुबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।
यसअघि कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन २०७८ पुस ३० गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले रद्द गरिदिएको थियो ।