काठमाडौं । नेपाल बीमा प्राधिकरणले कम्प्युटर (ल्यापटप) खरिद गर्ने भएको छ । प्राधिकरणले कार्यालय प्रयोजनको लागि एक लाख रुपैयाँ बराबरका डेस्कटप, ल्यापटप तथा अन्य कार्यालय सामग्री खरिद गर्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त सामाग्री खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । सो उपकरण उत्पादक कम्पनीको अधिकृत डिलर भई सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । कम्पनीहरुले ३० दिनभित्र रीतपूर्वक आवेदन दिन सक्नेछन् ।
चैत २२ गतेदेखि आगामी वैशाख १२ गतेसम्ममा सो बोलपत्र पेश गरिसक्नु पर्ने छ । जसको लागि तीन हजार रुपैयाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ । साथै, उक्त बोलपत्र बैशाख २२ गते अपराह्न २ बजे खोलिने प्राधिकरणले जनाएको छ ।