दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

<p>काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । यसरी बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी  सेयर कारोबार गर्नेमा शिवम् [&hellip;]</p>

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो ।

यसरी बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी  सेयर कारोबार गर्नेमा शिवम् सिमेन्ट रेहेको छ । कम्पनीको आज ४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ ।

वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिन्चोक दर्शन र सिटिजन्स म्युचअल फण्ड-२ रहेको छ । आज कालिन्चोक दर्शनको सेयर मूद्य २८.३० रुपैयाँ र सिटिजन्स म्युचल फण्ड-२ को सेयर मूल्य ०.७० रुपैयाँले बढेको छ ।

Share News