काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावको लाभांश पारित भएकाे छ । कम्पनीकाे ९औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ७.०३६८ प्रतिशत लाभांश पारित गरेकाे हाे ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश प्रस्ताव पारित गरेकाे हाे ।
त्यसैगरी, सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।