आईपीओकै मूल्यमा राम्रा सेयर, यी हुन् २०० भन्दा कममा पाइने ८ बैंक

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला ३२ सयमाथि थियो । बैंकहरुले उच्च लाभांश दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका थिए भने बैंकहरुको सेयर [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला ३२ सयमाथि थियो । बैंकहरुले उच्च लाभांश दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका थिए भने बैंकहरुको सेयर मूल्य न्यूनतम ५ सयभन्दा बढी र अधिकतम १५ सय माथि थियो । बजारमा बैंकको सेयर ‘हटकेक’का रुपमा लिइन्थ्यो । अहिले बजार साढे १८ सयको हाराहारीमा हुँदा केही वाणिज्य बैंकहरुको सेयर मूल्य आईपीओ मूल्य बराबर नै खरिदबिक्री भइरहेको छ ।

सेयर बजार घट्दो क्रममा हुँदा सेयर खरिद गर्न उचित समय भएको जानकारहरु बताउँछन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २० वाणिज्य बैंकहरु सूचीकृत छन् । जसमा एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा बढी छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा कम सेयर मूल्य कुमारी बैंकको छ । यस बैंकको प्रतिकित्ता सेयर मूल्य १६९.१० रुपैयाँ छ ।

विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । कम्पनीले प्राथमिक सेयर जारी गर्दा नै प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्छन् । घट्दो बजारमा केही कम्पनीको सेयर मूल्य भने आईपीओ जारी गर्दाको मूल्यमा झरेको छ ।

२०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ८ वाणिज्य बैंकहरु क्रमशस् प्राइम कमर्शियल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी, सनराइज, सिटिजन्स, प्रभु र कुमारी बैंक छन् ।

दोस्रो बजारमा प्राइम कमर्शियल बैंकको सेयर मूल्य १९३.९० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ र न्युनतम १९० रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य १८२.८० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३२.२० रुपैयाँ र न्युनतम १७९.२० रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई बैंकको सेयर मूल्य १८२ रुपैयाँ, लक्ष्मी बैंकको १७७.५० रुपैयाँ, सनराइज बैंकको १७७ रुपैयाँ, सिटिजन्स बैंकको १७३ रुपैयाँ छ भने  प्रभु बैंकको सेयर मूल्य १७० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ र न्युनतम १६७ रुपैयाँ रहेको थियो ।

यस्तै, कुमारी बैंकको सेयर मूल्य १६९.१० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३० रुपैयाँ र न्युनतम १६६.१० रुपैयाँ रहेको थियो ।

Share News