घलेम्दी हाईड्रोले २ सय प्रतिशत हकप्रद बिक्री गर्ने, डाक्यो वार्षिक साधारण सभा

<p>काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनीले हकप्रद सेयर निकाशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । १ः२ हकप्रद सेयर बिक्री गरी ६३ मेगावाट छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत [&hellip;]</p>

काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनीले हकप्रद सेयर निकाशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।

१ः२ हकप्रद सेयर बिक्री गरी ६३ मेगावाट छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितीको चैत २३ गते बसेको बैठकले नवौं बार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमौडौमा बिहान १०ः३० बजे बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रूताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख ६ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।

Share News