लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

<p>काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एशियन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बैशाख १८ गते, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल [&hellip;]</p>

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एशियन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बैशाख १८ गते, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News