सानिमा जिआईसीको सेयर संरचना परिवर्तन

<p>काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको सेयर सर्वसाधारण समुहमा परिमार्जन गरेको हो । कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि सेयर सर्वसाधारणमा परिणत गर्न सकिने [&hellip;]</p>

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको सेयर सर्वसाधारण समुहमा परिमार्जन गरेको हो ।

कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि सेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था बमोजिम गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम रहनेछ ।

कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनी रजिष्ट्रारबाट प्रबन्धपत्र र नियमावली संशोधन भएको तथा नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक स्वीकृति पाएको कम्पनीले जनाएके छ । .

यदि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भए ७ दिन भित्र जानकारी गराउन आग्रह गरेको छ ।

Share News