सेनाले माग्यो विभिन्न पदमा १५५ जना कर्मचारी, डाक्टरदेखि प्लम्बरसम्म

<p>काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । सेनाले  डाक्टर, नर्स, लेखा, पुजारी, प्लम्बर, भेटेरीनरीदेखि लिएर विभिन्न पदका लागि १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको छ । दरखास्त पेस गर्ने अन्तिम मिति वैशाख [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो ।

सेनाले  डाक्टर, नर्स, लेखा, पुजारी, प्लम्बर, भेटेरीनरीदेखि लिएर विभिन्न पदका लागि १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति वैशाख २३ गतेसम्म तोकिएको छ । निर्देशनालयको अनुसार १० रुपैयाँको टिकट टाँसेर स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिनेछ ।

यस्तै, दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म आवेदन फारम बुझाउन सकिने पनि निर्देशनालयले जनाएको छ ।

Share News