नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त र युनाइटेड इन्स्योरेन्स गरी ४ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस वापतको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त र युनाइटेड इन्स्योरेन्स गरी ४ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइमएई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो

यस्तै, युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस वापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News