काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने भएको हो ।
प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गर्ने छ । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटलको सञ्चालक समितीको चैत २४ गते बसेको बैठकले बैशाख ९ गते साधारण सभा बोलाएका हुन् ।
विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।