काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका २ वटा कार बिक्री गर्ने भएको हो ।
इन्स्योरेन्स कम्पनीको नाममा रहेका बा १६ च ७८३७ नम्बरको रेनाल्ट क्विड मोडलको कार र बागमति प्रदेश ०१२६ च ८५८५ नम्बरको महिन्द्रा स्कारपियो मोडलको जीप बिक्री गर्ने जनाएको छ ।
सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ । सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र फारम प्रतिकोटा पत्र २ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।