सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ काे बिक्री खुला

<p>काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाईहरु आइतबारबाट सर्वसाधारणको लागि खुला गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन भएको यो छैठौं सामुहिक लगानी कोष योजनाको आकार एक अर्ब बीस करोड रहेको छ । र यसको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ । सिद्धार्थ बैंकले न्यूनतम एक [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाईहरु आइतबारबाट सर्वसाधारणको लागि खुला गरिएको छ ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन भएको यो छैठौं सामुहिक लगानी कोष योजनाको आकार एक अर्ब बीस करोड रहेको छ । र यसको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंकले न्यूनतम एक करोड २० लाख इकाई तथा सिद्धार्थ क्यापिटलले न्यूनतम ६० लाख इकाई बीज पूँजीको रुपमा लगानी गर्नेछ भने सर्वसाधारणका लागि १० करोड २० लाख ईकाइ सार्वजनिक रुपमा बिक्रीका लागि निष्काशन गरेको जनाएको छ ।

यस योजनामा न्यूनतम १०० ९एक सय० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ ।

Share News