काठमाडौं, १२ कात्तिक । छिमेक लघुवित्त विकास बैंकले सेयरधनीलाई ५२ दशमलब ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४० प्रतिशत बोनस र १२ दशमलब ७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय कम्पनीको बिहीबार बसेको १८३औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।