नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्न बाटो खुल्यो, सर्वोच्चले खारेज गर्याे रिट

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्न बाटो खुलेको हो । आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले सेबोन विरुद्ध परेका रिट खारेज गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्न बाटो खुलेको हो ।

आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले सेबोन विरुद्ध परेका रिट खारेज गरेको हो । यससँगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारका लागि छिट्टै लाइसेन्स खुलाउने भएको छ ।

गत असोज ३१ गते अधिवक्ता दिपक विक्रम मिश्रले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजारलाई लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Share News