
काठमाडौं । बीमा रकम ठग्न सघाएको आरोपमा एक बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्न सघाएको आरोपमा बीमा कम्पनीका कर्मचारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सूर्यज्याती लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत रहेका ३० वर्षिय उमेश बुढाथोकी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपनिरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
‘उनलाई हिजो ज्ञानेश्वरबाट पक्राउ गरिएको हो, हिजो ढिला भएर आज सार्वजनिक गरेका हौं,’ उनले भने ।
अनुसन्धान कार्यालयले गएको शुक्रबार यसमा संलग्न वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई सार्वजनिक गरिसकेको छ ।