एशियन पेन्ट्स नेपालले सार्वजनिक गर्यो घरलाई सधै जवान राख्ने ४ नयाँ उत्पादन

<p>काठमाडौं । एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर समूह र रोयल प्ले समुह अन्तर्गतको २/२ नयाँ उत्पादनहरु सार्वजनिक गरको छ । कम्पनीले स्मार्टकेयर समूह अन्तर्गत सिलिकन शिल्ड, हाइड्रोलक र रोयल प्ले समुह अन्तर्गत  बारिक र स्टुको सार्वजनिक गरेको हो । कम्पनीको अनुसार स्मार्टकेयर समूह अन्तर्गतको नयाँ उत्पादनहरुले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्दछ भने रोयल प्ले समुहका उत्पादनहरुले भने घरको [&hellip;]</p>

काठमाडौं । एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर समूह र रोयल प्ले समुह अन्तर्गतको २/२ नयाँ उत्पादनहरु सार्वजनिक गरको छ ।

कम्पनीले स्मार्टकेयर समूह अन्तर्गत सिलिकन शिल्ड, हाइड्रोलक र रोयल प्ले समुह अन्तर्गत  बारिक र स्टुको सार्वजनिक गरेको हो ।

कम्पनीको अनुसार स्मार्टकेयर समूह अन्तर्गतको नयाँ उत्पादनहरुले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्दछ भने रोयल प्ले समुहका उत्पादनहरुले भने घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने गर्दछ ।

स्मार्टकेयर समूह अन्तर्गतको सिलिकन शिल्डमा रहेको पेनीट्रेटिभ फर्मुलेसनले ईट्टा, ढुङ्गा र क्ले टायलहरुको लागि अनुकूल राख्नुको साथै  घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिने कम्पनीको दावी छ ।

त्यसैगरि, पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन रहेको हाइड्रोलक भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

यस्तै, रोयल प्ले समुहको बारिक अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र स्टुकोले भित्री भित्ताहरुमा मार्बलको लुक्स दिने कम्पनीले जानकारी दिएको छ ।

Share News