काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले दुई वर्षपछि लाभांश बाँड्न लागेको हो । यसअघि कम्पनीले २०७६/७७ काे नाफाबाट लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।