काठमाडौं । सोमबारको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । दिनभरमा कम्पनीको ६ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
दिनभरको बजारमा कूल ९१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २४ करोड ७५ लाख रुपैयाँले घटी हो । सोमबार कूल २६१ वटा स्क्रीप्स कारोबार भएको सो दिनको बजारमाको २९ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार हुनेको दोश्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ । जसको एकैदिन ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २९.५० रुपैयाँले बढी हो ।
बजारमा सानिमा मिडिल तमोर र कालिञ्चोक दर्शनको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । सोमबार कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७७.१० रुपैयाँ पुगेको छ ।
सोमबारको नेप्से परिसूचक सामान्य अर्थात ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले बढी हो ।
त्यस्तै, कारोबारमा आएकामध्ये अधिकांश समूहमा हरियाली छाएको छ । सोमबार फाइनान्स बाहेक बाँकी समूह हरिया देखिएका हुन् । फाइनान्स समूह १.६३ अंकले घटेर १५४४.३० बिन्दुमा झरेको छ । बजारमा होटल्स एण्ड टुरिजम समूह सबैभन्दा बढी अर्थात ५३.५१ बिन्दुले बढेको छ ।